८ कार्तिक २०८३, आइतबार

बहुविवाह गर्ने एक जोडीलाई एक वर्ष कैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २२ पुस । बहुविवाहको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत इलामले जनही एक/एक वर्ष कैद र रु पाँच/पाँच हजार जरिमाना तोकेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलाम जमुना–८ का ३१ वर्षीय शिवकुमार तामाङ र जमुनाकै २१ वर्षीया डिकमाया पाण्डेलाई कैद सजायको फैसला सुनाएको हो ।
विसं २०७१ मङ्सिर ५ गते दोस्रो विवाह गरेका शिवकुमार र डिकमायाविरुद्ध शिवकुमारकी जेठी पत्नी पेमालामु शेर्पाले मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् ।