वाशिंगटन डिसी । मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो ।
दुई दशकभन्दा ज्यादा भेषभुषाको दुनियाँमा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनलाई सुवर्ण अवसर प्राप्त भएको छ । उनी सन् २०१४ मा पनि मिस नेपाल यूएस का आधिकारिक कोरियोग्राफर रही सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेका थिए ।
उनी ज्यादा बिदेशी भेषभुषामा संलग्न रहेका छन् । सन् १९९७ मा उत्कृष्ट मोडल बन्न सफल भएका थिए । उनले मोडलिंग संस्थासंग मोडलभै प्रशिक्षक समेत गरेका छन् । उनले कार्ल्सवर्ग, स्यानमिगल तथा सोल्टी क्राउन प्लाजामा आफ्नो मोडलिंग प्रस्तुति गरेका छन् ।
उनले सन् २००० मा मोडल प्रतियोगितामा कोरियोग्राफर भै पनि काम गरी सकेका छन् । सन् २०१३ मा मिस नेपाल युएसका भेषभुषा प्रशिक्षक तथा सल्लाहाकार भै काम गरी सकेका छन् ।
















प्रतिक्रिया