लिस्बन । प्रवासमा रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरि प्रकाशन गर्न लागिएको “डायस्पोरा बाल पुस्तक” प्रकाशन सहयोगार्थ पोर्चुगलमा बाल कबिता तथा चित्रकला प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल तथा नेपाली नारी समाज पोर्चुगलको संयुक्त आयोजनामा बाल कबिता तथा चित्रकला प्रतियोगिता हुने भएको हो ।
बालबालिकाहरूमा अन्र्तनिहीत प्रतिभालाई उजागर गर्न तथा नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष वाईबी गुरुङले जानकारी दिए ।
आगामी ८ जुलाईमा हुने प्रतियोगितामा पोर्चुगलमा रहेका १८ वर्षमूनिका नेपाली बालबालिकाहरूले भाग लिन पाउने बताइएको छ ।
बाल कबिता प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगीलाई कबिता उपलब्ध गराउन आह्वान गरिसकिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता राजधानी लिस्बन स्थित एभरेष्ट रेष्टुरेण्टको सभाहलमा हुनेछ ।
दुबै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई पुरस्कारको ब्यबस्था गरिएको गुरुङले बताए ।
















प्रतिक्रिया