काठमाडौं, २६ जेठ । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले प्रदेश र जिल्ला कमिटीमा पार्टी एकतापछि अध्यक्ष, सचिव र सदस्य मात्र रहने मापदण्ड बनेको सर्कुलर गरेका छन् ।
कमिटीको कुल संख्याको एकतिहाइ सचिवालय बनाउन, कमिटीको पदाधिकारी र सदस्य छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने सर्कुलरमा भनिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसैगरी नाम सिफारिस गर्दा तत्कालीन एमाले र माओवादीका सम्बन्धित कमिटीका नेताको पनि राय सुझाब लिन भनिएको छ ।
०५८ सालदेखि कम्प्युटर प्रणालीबाट सदस्यता व्यवस्थित गर्दै आएको तत्कालीन एमालेले अहिलेसम्म क्रमसंख्या एकदेखि ६ लाख ४८ हजार ४१० नम्बरसम्मको सदस्यता वितरण गरेको छ ।
तर, त्यसरी वितरित सदस्यतामध्ये धेरैले नवीकरण नगर्ने भएकाले सदस्यता नम्बरकै संख्यामा पार्टी सदस्य भने रेकर्डमा छैनन् ।
पार्टी परित्याग, पलायन, वैदेशिक रोजगारीमा जानेहरू सम्पर्कमा नआउने, निष्क्रिय रहने, मृत्यु भइसकेकाहरूको पूरै अपडेट नहुने भएकाले वितरित सदस्यता नम्बर संख्याअनुसार पार्टी सदस्य नभएको तत्कालीन एमाले संगठन विभागका सचिव भुजेलको भनाइ छ ।














प्रतिक्रिया