काठमाडौं, २६ जेठ । अहिलेसम्म केन्द्रीय तहका नेताहरूले मात्र जिम्मेवारी पाएका छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीभित्र तत्कालीन एमालेका २४१ र माओवादी केन्द्रका दुई सयजनाले जिम्मेवारी पाएका हुन् ।
केन्द्रीय कमिटीभित्र दुई अध्यक्ष, नौ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति बनिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
४४१ को एकतिहाईको पोलिटब्युरो बन्दा १३५ देखि १४५ जनाले जिम्मेवारी पाउनेछन् । केन्द्रीय कमिटीभन्दा तल नौ तहको कमिटी रहनेछ भने केन्द्रमै ३३ देखि ३५ वटा केन्द्रीय विभाग प्रस्तावित छन् ।
त्यस्तै, प्रस्तावित विधानअनुसार राष्ट्रिय परिषद्मा ७५० देखि आठ सयजना, ३५ केन्द्रीय विभागमा एउटा विभागमा कम्तीमा ३५ जनाका दरले १२ सय २५ जना नेता कार्यकर्ताले जिम्मेवारी पाउनेछन् ।
सातवटा प्रदेश कमिटी न्यूनतम १५१ सदस्यीयभन्दा माथिको बन्ने भएकाले एक हजार ५७ देखि एक हजार पाँच सयजना, ७७ वटा जिल्ला कमिटी कम्तीमा ७५ देखि डेढ सयसम्मको बन्ने भएकाले कम्तीमा पाँच हजार सात सय ७५ देखि ११ हजार ५५० जनाले जिम्मेवारी पाउनेछन् ।
जनसंगठन २२ वटा बनाउने सहमति भएकाले कम्तीमा १५० जनाको कमिटी बन्दा तीन हजारदेखि ३५ सयजना, ६ वटा महानगर कमिटी कम्तीमा ७५ जनाको बन्दा ४५० देखि ६ सयजनाले जिम्मेवारी पाउनेछन् ।
११ उपमहागरतर्फ ६५० देखि सात सयजना, २७६ नगरपालिकामा १४ हजारदेखि १५ हजार तथा ४६० ओटा गाउँपालिकामा २३ हजार ४६० देखि २५ हजारसम्मले जिम्मेवारी पाउनेछन् । ६ हजार सात सय ३४ जनाको वडा कमिटी कम्तीमा २५ सदस्यीय बन्दा एक लाख ६८ हजार ३५० जनाले जिम्मेवारी पाउनेछन् ।














प्रतिक्रिया