काठमाडौं, २६ जेठ । प्रदेश कमिटी न्यूनतम १५१ सदस्यीय हुने भनिए पनि प्रदेशअनुसार आकार फरक–फरक हुने गरी विधान तयार भएको छ ।
७७ वटा प्रस्तावित जिल्ला कमिटीमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा न्यूनतम ७५ सदस्यीय कमिटी बन्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रबराबर पाँच सदस्य थपेर कमिटी बनाइने विधान प्रस्तावित छ ।
यसअनुसार काठमाडौंजस्तो ठूलो जिल्लामा १२५ जनासम्मको कमिटी बन्नेछ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संख्या तोकिएको छैन ।
तर, क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य, महानगर/उपमहानगर/नगर/गाउँपालिका अध्यक्ष, वडाध्यक्ष पनि क्षेत्रीय कमिटीमा पदेन सदस्य रहने विधान प्रस्तावित छ ।
अन्य थप २० प्रतिशत मनोनीत गरिने प्रस्तावित विधानमा भनिएको छ । त्यस्तै, महानगर कमिटी–७५ सदस्यीय, उपमहानगर कमिटी–६५ र नगर कमिटी र गाउँपालिका कमिटी–५१/५१ सदस्यीय बनाउने प्रस्तावित छ । वडा कमिटी–२५ सदस्यीय प्रारम्भिक कमिटी–१५ सदस्यीय हुने भनिएको छ ।














प्रतिक्रिया