१ कार्तिक २०८३, शनिबार

भारतमा दुर्घटनामा परेर एक नेपालीको मृत्यु

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २५ जेठ । भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पुर्‍याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । साहु घरका एक्ला कमाउने व्यक्ति रहेको बताइएको छ । –रासस