सन्दिप भट्ट
२१ पुस, चितवन । प्रचण्ड नेतृत्वको एमाओवादी र वैद्य नेतृत्वको नेकपा–माओवादीबीच अन्य विभिन्न कुरामा मतभेद जारी रहे पनि बन्द, हड्ताल गर्ने सन्र्दभमा भने सहमति भएको छ ।
सोमबार दुई माओवादीले संयुक्त पत्रकार सम्मेलन गरी आगामी पुस २९ गते चितवन बन्द गर्ने सहमति गरेका हुन् ।
ताम्सालिङ राज्य समन्वय समिति र एमाओवादी ताम्सालिङ राज्य समन्वय समितिल गरेको सम्युक्त पत्रकार सम्मेलनमा पत्रकारले पनि बन्द गर्नेमा मात्रै तपाईहरुको सहमति हो भनी प्रश्न गरेका थिए ।
एमाओवादी ताम्सालिङ राज्य समिति ईन्चार्ज नारायण दाहालले नेपाली जनताको हकअधिकार प्राप्तिका लागि दुई माओवादी एक भएर बन्द हड्ताल गर्न लागेको प्रतिक्रिया दिनुभयो ।
नेकपा–माओवादी ताम्सालिङ राज्य समितिका इन्चार्ज सूर्यप्रकाश सुवेदीले वर्तमान संविधानसभाबाट संविधान नआउने ठोकुवा गर्दै जनताको संविधान निर्माणमा धोका र घात बढ्दै गएकाले दुई माओवादी एक भएर आन्दोलनको तयारीमा जुटेको बताउनुभयो ।
दुई माओवादीको बन्दले पुस २५ गतेदेखि हुने चितवन महोत्सवलाई समेत प्रत्यक्ष असर पार्ने देखिएको छ ।















प्रतिक्रिया