काठमाडौँ, २१ पुस । एमाओवादी नेता खिमलाल देबकोटाले संविधानसभा अध्यक्षको प्रस्ताव ग्राईण्ड डिजाईन अन्र्तरगत आएको आरोप लगाउनुभएको छ ।
राजधानीमा सोमबार आयोजित एक अन्तरक्रियामा बोल्दै उहाँले अध्यक्ष नेम्वाङले अध्याँरो कार्यकक्षमा संविधानको मस्यौदा तयार पारिसकेको भन्दै त्यसलाई सेना र मार्सल लगाएर जारी गर्ने तयारी भईरहेको सूचना आफूले पाएको बताउनुभयो ।
उहाँले माघ ८ गते जसरी पनि संविधान जारी गर्ने तयारी केपी ओलीको प्रधानमन्त्री र सुशील कोइरालको राष्ट्रपति बस्ने हुटहुटी भएको पनि आरोप लगाउनुभयो ।
उहाँले प्रचण्ड र बाबुराम भट्टराई जसरी पनि प्रक्रियाबाट संविधान जारी हुन नदिने पक्षमा रहेकोले संविधानभित्र र बाहिर दुबैमा भिडन्त हुने चेतावनी दिनुभयो ।
उहाँले भिडन्तका मतियार ओली, प्रधानमन्त्री र सभामुख बनेको भन्दै सभामुख लोकतान्त्रिक प्रक्रियालाई तहस नहस पारेर तानाशाह बन्न लागिपरेको आरोप लागउनुभयो ।
‘सभामुखले पहिलो संविधानसभा सूचना टासेर समाप्त पारे,’ उहाँले भन्नुभयो, ‘ दोस्रो संविधानसभालाई प्रक्रियाको नाममा समाप्त पार्दैछन ।’ एमाले वरिष्ठ नेता झलनाथ खनालले माघ ८ मा दिपावली गर्न तयार रहनुहोस् भन्ने र गृहमन्त्रीले सुरक्षा दिन तयार रहेको अभिव्यक्तिले झन आशंका उत्पन्न भएको दाबी गर्नुभयो ।
कार्यक्रममा सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले माघ ८ मा कुनै पनि हालतमा संविधान आउन नसक्ने ठोकुवा गर्दै जवरजस्ती गरेर ल्याउन खोजे मुलुकमा ठूलो द्धन्द हुने चेतावनी दिनुभयो ।















प्रतिक्रिया