काठमाडौं, २५ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारी साधनफेरि सञ्चालन गर्न लागेका छन् ।
२० वर्ष नाघेका प्रतिबन्धित सवारी साधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
विभागले गत चैत १ देखि २० वर्ष पुराना गाडीलाई सार्वजनिक सवारी साधानलाई देशभरि गुडाउन प्रतिबन्ध लगाएको थियो ।
२०७२ चैत १ गते केपी ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सर्वाजनिक सवारी साधन विस्थापन गर्ने निर्णय गरेको थियो ।














प्रतिक्रिया