८ कार्तिक २०८३, आइतबार

आफ्नै बाबुको करणीबाट सात महिनाको गर्भ बोकेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape_Victimउदयपुर, २१ पुस । आफ्नै बाबुको करणीबाट छोरी गर्भवती भइन भन्दा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर, उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा त्यस्तै नसोचेको घटना भएको छ ।

३५ वर्षका बाबुले घरमा श्रीमती नभएको मौका पारेर लामो समयदेखि १४ वर्षीया छोरीलाई पटक–पटक करणी गर्दै आएका थिए । बाबुको करणीबाट ती १४ वर्षीया छोरीकोे सात महिनाको गर्भ बसेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार विद्यालयको कक्षा कोठामा बिरामी पर्न थालेपछि बाबुको कर्तुत फेला परेको हो ।

गाउँलेको मौखिक जाहेरीपछि गर्भवती भएकी छोरीलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर स्वास्थ्य परीक्षण गर्दा गर्भ बोकेको पुष्टि भएको हो ।

छोरीलाई गर्भवती बनाउने बाबुलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभएको छ ।

छोरीलाई आफ्नो कर्तुुत अरुलाई भने ज्यानमार्ने धम्की दिँदै आएको पनि पीडितले प्रहरीसँगको बयानमा भनेकी छिन् । अहिले छोरीलाई भने प्रहरीकै संरक्षण राखिएको छ ।