
काठमाडौँ, २४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लमजुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् । केन्द्रीय सदस्यको मनोनयमा पर्नेमा सबैभन्दा धेरै ‘भाग्यमानी’ शीला भएकी छन् । किनकी, उनी राजनीतिमा गुमनाम पात्र हुन् । उनलाई राजनीतिको ‘र’ पनि थाहा छैन भन्दा हुन्छ । उनको विरासत केवल काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्कासँग जोडिएको छ । शीला स्वर्गीय खड्काकी पत्नि हुन् ।
राजनीतिमा खड्काकी पत्निबाहेक उनको अर्काे परिचय छैन । उनले कहिल्यै सक्रिय राजनीतिक गरिनन् । हुन त उनी दोस्रो संविधानसभामा पति खुमबहादुरकै दबावमा समानुपातिक सांसद समेत भएकी थिइन् । तर, उनलाई न काँग्रेसका सक्रिय नेता–कार्यकर्ताले चिन्छन्, न त मतदाताले नै ।
काँग्रेस दाङ स्रोतका अनुसार उनलाई जिल्लामा समेत कसैले चन्दैनन् । न उनको कुनै नेता–कार्यकर्तासँग समन्वय छ, न सम्पर्क नै । उनी दाङ नगएको पनि वर्षाैँ भइसकेको छ । दाङको सतवरियास्थित घरमा खड्काको १३ औं दिनको पुण्यतिथिमा गएको चैत २८ गते आयोजना गरिएको कार्यक्रममा पनि शीला सहभागी भएकी थिइनन् ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, शेखर कोइराला, दीपकुमार उपाध्याय, पुष्पा भुषाल लगायतका केन्द्रीय तथा जिल्लास्तरका नेताहरु सहभागी भए । तर, शिला गइनन् । कार्यक्रममा बरु खड्काका २४ वर्षिय छोरा अनुराग भने सहभागी भएका थिए । बेलायतमा अध्ययन गरिरहेका उनी पीताको निधनपछि फर्केका थिए । कार्यक्रममा अनुरागले पढाई सकेर आफू राजनीतिमा आउने बताएका थिए । उनको पढाई अहिले अन्तिम चरणमा पुगेको छ । अनुराग खड्काका एक्ला छोरा हुन् ।
‘उहाँलाई (शीला) भन्दा बरु अनुराग (छोरा)लाई केन्द्रीय समितिमा ल्याएको भए उपयुक्त हुन्थ्यो’, काँग्रेस दाङका एकजना जिल्ला नेता भन्छन्, ‘उहाँलाई केन्द्रीय सदस्य बनाएर खाली ठाउँ भुर्न बाहेक अरु काम छैन । उहाँलाई राजनीतिको ‘र’ पनि थाहा छैन ।
खड्काका कांग्रेसका कुनै पनि कार्यक्रममा सहभागी नहुने गरेको बताइन्छ । समानुपातिक सभासद् हुँदा दाङको लागि ‘सिन्को पनि नभाँचेको’को आरोप उनीमाथि छ । शीला केन्द्रीय सदस्य भएसँगै दाङ काँग्रेसमा हलचल मच्चिएको छ ।















प्रतिक्रिया