
काठमाडौँ, २४ जेठ । तत्कालीन युवराज पारश शाह विगत चार दिनदेखि नियमित रुपमा मृगस्थली जाने गरेका छन् । बिहीबार उनी छोरा हृदयेन्द्र र शाही परिवारका अन्य सदस्यलाई पनि लिएर जाँदैछन् । आखिर किन गइरहेका छन् त पारश शाह मृगस्थली ? कारण रोचक छ ।
उनी मृगस्थलीमा पढन् जान्छन् । उनले मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाममा विभिन्न विषयमा कक्षा लिइरहेका छन् । गुरु गोरक्षनाथ धाम धाम अन्तर्गत बृहद आध्यात्मिक परिषदका अध्यापकहरुले पारश लगायत शाही परिवारका सदस्यहरुलाई कक्षा दिनेछन् ।
तत्कालिन राजा श्री ५ महेन्द्रको निर्देशन बमोजिम गठन भएको परिषदका संरक्षक महेन्द्र आफै थिए । छोरा हृदयेन्द्र र पूर्व शाही परिवारका अन्य परिवारसहित मृगस्थली जान लागेका पारशले ‘बृहत् आध्यात्मिक परिषदको पुस्तकालय’को विशेष कक्षामा सम्मिलित हुनेछन् । त्यसक्रममा पारशले नौनाथ, गोरक्षनाथ, शाहवंश र गुरु गोरक्षनाथको अन्तर्सम्बन्ध, धर्मशास्त्र अनुसारको वैदिक चार सत्ताबारे जानकारी लिनेछन् ।
यसैगरी नेपालमण्डल र गोरखा विस्तार, शाहवंशका देन, पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति, अर्थनीति तथा ईतिहासकालका अत्यन्त महत्त्वपूर्ण सामाग्री रहेको श्रव्यदृष्य पनि हेर्ने बताइएको छ ।















प्रतिक्रिया