२९ आश्विन २०८३, बिहिबार

लण्डनको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी, अल्डरसटमा मन्दिर बनाउन सहयोग संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । बेलायतको लण्डन शहरमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको समाचार आइरहेकै बेला नेपालीहरुको जनघनत्व बढि भएको अर्को शहर अल्डरसटवासी नेपालीहरु मन्दिर बनाउन जुटेका छन् ।

गत आइतबार स्थानीय शिव कल्चरल सेन्टर अल्डरशटले आगामी चार वर्षभित्रमा मन्दिर बनाउने अभियान स्वरुप विभिन्न व्यक्तिहरुसंग सहयोग संकलन कार्य शुरु गरेको छ ।

शिव कल्चरल सेन्टरको तेश्रो साधारणसभाले नेपालीहरुको बढि चाप रहेको क्षेत्र अल्डरसटमा मन्दिर निर्माण गर्ने भएपछि स्थानीय व्यवसायी एवं समाजसेवीहरुले स्वतस्फुर्त सहयोग गरेका छन् । सोहि दिन मात्रै करीब असी हजार पाउण्ड रकम संकलन गरिएको प्रवक्ता जीव वेल्वासेले जानकारी दिए ।

तेश्रो साधारणसभाले प्रकाश राउतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता जैन, महासचिबमा सूर्य उपाध्याय, सचिबमा धन क्षेत्री, कोषाध्यक्षमा गंगा अधिकारी, सहकोषाध्यक्षमा हरि भट्टराई र प्रवक्तामा जिब बेल्बासे सर्वसम्मत भएका छन ।

त्यस्तै अर्थ संकलन संयोजकमा भीम बांनिया, सांस्कृतिक संयोजकमा बिक्रम भट्टराई र सह संयोजकमा ईन्द्र शर्मा चयन भएका छन् । साधारणसभाले कार्यसमितिका सदस्यहरु समेत चयन गरेको छ ।

सोहि अवसरमा हरि बिभोर कार्की, शेर बहादुर सुनार, रमेश बास्तोला, रोहित गुरुङ, हितकाजी गुरुङ, गोपाल विश्वकर्मा, लगायतलाई सल्लाहकार चयन गरिएको छ ।

केहिदिन अघिमात्रै लण्डन नजिकै प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको छ । यसपटक पनि चोरले यसअघि जस्तै मन्दिरको पछाडिपट्टिबाट शिशा फोडी चोरी गरेको अध्यक्ष होम शर्माले जानकारी दिए ।

अहिले पनि चोरले दान बाकसमा रहेको अन्दाजी तिनसय पाउण्ड चोरेको आशंका मन्दिर व्यवस्थपनले गरेको छ । यसअघि दान बाकसमा जम्मा भएको करीब एक हजार पाउण्ड रकम चोरी भएको जनाइएको थियो ।

सोहि दिन मन्दिर प्रांगणमा भेटिएका अध्यक्ष्ँ होम शर्माले मन्दिरको सीसी टिभि र कोप अलार्मलाई एक्टिभ गर्ने बचन दिएपनि अहिलेसम्म हुनसकेको छैन ।

तिन तिन पटक सम्म चोरी हुंदापनि सतर्कता नअपनाएको बताउंदै एकजना हाइली स्किल्ड माइग्रेण्ट्स शेखर वाग्लेले व्यवस्थापनको कमजोरीका कारण यस्तो लापर्बाही भएको आरोप लगाए ।

मन्दिरका एकजना ट्रष्टी पशुपति भण्डारीले मन्दिरमा चोरी हुनु अत्यान्त दुखदायी भएको बताउंदै मन्दिर व्यवस्थापनभित्र भएका कमि कमजोरीहरुलाई ब्यापक छलपल गर्ने जानकारी दिए ।