८ कार्तिक २०८३, आइतबार

माघ ८ को आ–आफ्नै तयारी, सत्तारुढ दल पेल्ने र विपक्षी ठोक्ने तयारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepal

काठमाडौँ, २१ पुस । दलहरुले नै संविधान निर्माणका लागि घोषणा गरेको माघ ८ को मिति नजिक–नजिक आउँदै गर्दा दलहरु आ–आफ्नै तयारीमा जुटेका छन् ।

सहमति खोज्न काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीच भएका बाक्लै छलफलहरुले समेत ठोस निष्कर्ष निकाल्न नसकेपछि ती दल पेल्ने र ठोक्ने मुड देखिएका हुन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति गर्न दिएको समयसीमा समेत त्यत्तिकै गुजार्न लागेका ती दलहरु माघ ८ मा मुठभेड ल्याउने दिशातिर उन्मुख भएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको सोमबार बसेको बैठकले संविधानमा सहमतिको सम्भावना नभएको भन्दै भिड्नका लागि तयारी हालतमा रहनुपर्ने निष्कर्ष निकालेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ती दलको मोर्चाको बैठकमा प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले अध्यक्ष केपी शर्मा ओली जबर्जस्ती भने पनि संविधानसभाभित्र प्रक्रिया थालेर संविधान जारी गर्ने मनस्थितिमा रहेको सुनाएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले कांग्रेस अझै अन्यौलमा रहे पनि एमाले कुनै पनि हालतमा एक थान संविधान जारी गर्न मुठभेडका लागि तयार भएको संकेत आफूले पाएको बताए ।

बैठकमा उनीहरुले काँग्रेस र एमालेले भित्रभित्रै  संविधान बनाइसकेको भन्दै सुवास नेम्वाङ र केपी ओली पेल्ने मूढमा रहेको आशंका व्यक्त गरेका थिए ।

३० दलीय मोर्चाबीच काँग्रेस र एमाले निर्णयमा अडिग रहने र जबर्जस्ती प्रक्रिया शुरु गर्न खोजे भित्रै मुठभेड गर्ने र ठोक्ने सहमति भएको एक नेताले जानकारी दिए ।

यता काँग्रेस र एमालेले भने माघ ८ को डेडलाइनमा केही नहुनु भनेको सभाध्यक्षको असफलता हुने भन्दै नेम्वाङलाई उचालिरहेका छन् ।   ती दलका सभासदहरुको दबाव नेम्वाङमाथि तीब्र परेपछि उहाँ पनि त्यही प्रक्रियाको तयारीमा लाग्नु भएको बुझिएको छ ।