८ कार्तिक २०८३, आइतबार

अख्तियारका डरले पुर्वाञ्चलबाट मात्रै २ सय ८३ शिक्षकले दिए राजिनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirधनकुटा, २१ पुस । नक्कली प्रमाणपत्र पेस गरेर स्थायी र अस्थायी जागिर खादैँ आएको  पूवाञ्चलका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । अख्तियारले प्रमाणपत्र छानविन गर्ने भएपछि उनीहरुले यसरी धमाधम राजिनामा दिन थालेका हुन् ।

पाँच महिनामा पुर्वाञ्चलबाट मात्र २ सय ८३ जना शिक्षकले राजीनामा दिएको तथ्याङ्क छ । यसरी राजिनामा दिनेमा सबै भन्दा बढी पाँचथरका शिक्षक रहेका छन् ।

पाचँथरबाट मात्रै १ सय १० जना शिक्षकले राजिनामा दिएका छन् भने मोरङमा ३०, झापामा २६, खोटाङमा २४ जनाले राजिनामा दिएका छन् ।

त्यसैगरी धनकुटाबाट १७, ईलामबाट १४, सुनसरीबाट १४,  संखुवासभामा १३ जनाले राजिनामा दिएका छन् । ओखलढुंगाबाट १४, ताप्लेजुङबाट ६, तेह्रथुमबाट २ जना र सोलुखुम्बुबाट १ जनाले राजिनामा दिएका छन् ।