वाशिंगटन डिसी । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् ।
टेक्ससको ड्यालसमा आगामी अगस्ट १९, २०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् ।
सन् २०१४ मा पनि मिस नेपाल यूएसको आधिकारिक प्रशिक्षक बनिसकेकी मलिनालाई दोश्रो पटक पुनः आयोजक संस्थाले नियुक्त गरेको हो ।
मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर, डिस होम कि ब्रान्ड सद्भावदूत, मिस भुटान युएसएकि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्नियाकि आधिकारिक कोरियोग्राफी, बिश्व बन्यजन्तु नेपालकि पूर्व युवा संरक्षण लगायतमा उनले काम गरीसकेकी छिन् ।
मिस नेपाल यूएस २०१८ को बिजेतालाई ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिनेछ । प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ वर्षका युवतीहरू प्रतियोगितामा सहभागिता लिन पाउनेछन् ।
प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरूले निवेदनहरु दिन सुरु गरीसकेका छन् । जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।
नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्न आयोजकले आब्हान गरेका छन् ।
















प्रतिक्रिया