काठमाडौँ, २० पुस । संविधानसभा/व्यवस्थापिका–संसद्अन्तर्गतको सुशासन तथा अनुगमन समितिले प्रधानमन्त्री सुशील कोइरालालाई समितिको आगामी बैठकमा बोलाउने भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको संरचनागत सुदृढीकरण एवम् सुशासनको प्रत्याभूतिका निम्ति अवलम्बन गर्नुपर्ने भावी योजनाबारे जानकारी गराउन समितिले प्रधानमन्त्री कोइरालालाई बोलाउन लागेको हो ।
समितिका सभापति शेरधन राईको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रका कायममुकायम प्रमुख अधिकृत रमेशकुमार शर्मा र अन्य पदाधिकारीहरुसँग छलफल गरेपछि समितिमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो ।















प्रतिक्रिया