१ कार्तिक २०८३, शनिबार

कतारमा नेपालीलाई गोली हानी मृत्युदण्ड दिन फैसला

26.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । कतारको अदालतले एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन फैसला गरेको छ ।

हत्याको अभियोगमा पक्राउ परेका औराही १ महोत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिन कतारको तल्लो अदालतले फैसला सुनाएको हो ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अभियोगमा चौधरी कतारी प्रहरीको हिरासतमा छन् । गत अप्रिलमा नुयमीको हत्या भएको थियो ।

यद्यपि कतारस्थित नेपाली दूतावासले चौधरीको जीवन रक्षाका लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।