झापा, २० पुस । एमाओवादी नेता हरिबोल गजुरेलले आन्दोलनका उपलब्धि संस्थागत गर्न तीस दलले साझा अवधारणा बनाएर अघि बढ्ने बताउनुभएको छ ।
बिर्तामोडमा आइतबार क्रान्तिकारी पत्रकार सङ्घ झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले यस्तो बताउनु भएको हो ।
उहाँले नेपाली कांँग्रेस र नेकपा एमालेले राजतन्त्रलाई फाइदा पुग्ने काम गरेको आरोप समेत लगाउनुभयो ।
‘काँग्रेस र एमाले सहमतिबाट पछि हटेर जुन दिशातिर गइरहेका छन् त्यसले राजालाई पुनस्थापन गराउन सहयोग पुगेको छ,’ उहाँले भन्नुभयो, ‘संविधान सहमतिका साथ अघि बढ्ने हो भने निर्धारित मितिमा बन्न सक्ने अझै पनि संभावना छ ।’















प्रतिक्रिया