८ कार्तिक २०८३, आइतबार

बमको हत्यामा संलग्न मुख्य योजनाकार बाबु थापासहित चार जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RANA_BAHADUR_BOM_काठमाडौँ, १९ पुस ।  सर्वोच्चका तत्तकालिन न्यायाधीश रणबहादुर बमको  हत्यामा संलग्न चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

चुरेभावर पार्टीका नेता सानुबाबु भनिने बाबु थापालाईसहति चार जनालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।

२०६९ जेठ १८ गते बंगलामुखी मन्‍दिरको दर्शन गरेर फर्किने क्रममा ललितपुरको युएन पार्क नजिकै बमको गोली हानी हत्या भएको थियो । सर्वोच्च अदालत जाने क्रममा बमको हत्या गरिएको भए पनि हत्याराहरु लामो समयसम्म फरार रहेका थिए ।

प्रहरीले थापासहित करन चौधरी, प्रेमराज खड्का र दीपक कर्णलाई पनि पक्राउ गरेको जनाएको छ ।  प्रहरीका अनुसार घटनामा संलग्न भनिएका सञ्जय रसाइली भने अहिले साउदी अरबमा छन् ।