८ कार्तिक २०८३, आइतबार

सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधानः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav-nepalरौतहट, १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलहरूबीच सहमति हुन नसके प्रक्रियामै गएर भए पनि संविधान जारी गर्ने बताउनु भएको छ ।
शनिबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १२ सन्तपुरमा आयोजित शीतलहर पीडित परिवारलाई न्यानो कपडा वितरण समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘तोकिएको मितिमा संविधान जारी गर्न गम्भीर छलफल र बहसको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशको सङ्ख्यामा लचकता देखाउन एमाले तयार छ ।’

कार्यक्रममा नेता नेपालले राष्ट्रिय आर्थिक योजना विकास मञ्च तथा स्थानीय श्री सुभलाल भागवत उच्च मावि सन्तपुरका पूर्वविद्यार्थीद्वारा सङ्कलित ३०० थान कम्बल वितरण गर्नुभयो ।