![]()
इलाम, १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलबीच सहमतिमै माघ ८ गते संविधान जारी हुने बताउनुभएको छ ।
सूर्याेदय नगरपालिकास्थित फिक्कलमा शनिबार कार्यकर्तासँगको भेटघाटमा नेता खनालले सहमतिका लागि हदैसम्मको लचकता अपनाइरहेकाले सहमति हुने र माघ ८ मै संविधान जारी भइ छाड्ने दाबी गर्नुभयो ।
अन्तिम समयमा पनि सहमति हुन सकेन लोकतान्त्रिक विधि र प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने उहाँको भनाई थियो ।
उहाँले संविधानका धेरै विषयमा सहमति भइसकेको भन्दै बाँकी केहीमा मात्र असहमति भएकाले असहमतिका बुँदालाई शीर्ष नेतृत्वमा छलफल गरी निकास निकाल्ने दाबी गर्नुभयो ।
उहाँले सबैलाई संविधान मेरो हो भन्ने भावनाको विकास गराउन सहमति र सहकार्यबाट अघि बढिरहेको पनि बताउनुभयो ।















प्रतिक्रिया