दमौली, १९ पुस । व्यास नगरपालिका–८ साँगे ठूलोटारमा शुक्रबार राति बञ्चरोले हानी ज्वाइँले ससुरा र अन्य एकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हत्या गरिएका ७१ वर्षीय शङ्कर विक र उनकी १६ वर्षीया नातिनी मनिषा विक रहेको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताउनुभयो ।
हत्या गर्ने विकका ज्वाइँ ४२ वर्षीय लक्ष्मण विक फरार रहेको र उनको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले हत्याको कारण खुल्न नसकेको बताइएको छ ।















प्रतिक्रिया