१३ कार्तिक २०८३, शुक्रबार

नेकपा दलको नेता शक्तिशाली

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । संसदीय दलको विधानमा संघीय संसद्मा पार्टी संसदीय दलको नेता शक्तिशाली हुने गरी विधानको मस्यौदा तयार भएको छ ।

विगतमा जस्तै संघीय संसद्मा दलको उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने, राष्ट्रिय सभामा दलको प्रतिनिधिका रूपमा संसदीय दलको नेता र प्रमुख सचेतक मनोनयन गर्ने सबै अधिकार संसदीय दलको नेतामा रहने विधानको प्रस्ताव छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेकपाले नेता भीम रावल संयोजक रहेको ६ सदस्यीय विधान कार्यदल गठन गरेको थियो । ८ जेठमा गठित कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् ।

कार्यदलका सदस्य गुरुङले आवश्यकताअनुसार विधानबारे छलफल भइरहेको जानकारी दिए । ‘विधानको प्रारूप तयार भएपछि आवश्यकताअनुसार छलफल भइरहेको छ, केही दिनभित्रै अन्तिम रूप दिन्छौँ,’ गुरुङले भने ।