१३ कार्तिक २०८३, शुक्रबार

४ जेठपछि दुवै कार्यालयमा गएका छैनन् दुवै अध्यक्ष

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । ३ जेठमा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी घोषणासँगै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए । ४ जेठमा ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरे ।

तर, त्यसपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा गएका छैनन् । ‘धुम्बाराही र पेरिसडाँडा कार्यालय उद्घाटन गरेपछि दुवैतिर अध्यक्ष कमरेड प्रचण्ड जानुभएको छैन,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘बाहिर–बाहिरै कार्यक्रम परेकाले पनि कार्यालयमा जान भ्याउनुभएको छैन ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली पनि उद्घाटनपछि दुवै कार्यालय नगएको बालुवाटार स्रोतले जनायो । पार्टीका नेता–कार्यकर्तासँग भेटघाट ओलीले बालुवाटार र प्रचण्डले खुमलटार निवासमै गर्दै आएका छन् ।