दिल कुमार श्रेष्ठ
दोहा । अंग्रेजी नयाँ वर्ष तथा ल्होसार पर्वको अवसरमा खुला नेपाली भलिवल प्रतियोगितामा सम्पन्न भएको छ । चौध टीमलाई पछि पार्दै उपाधिमा बाग्लुङ सेवा समाजले कब्जा जमाएको छ ।
पहिलो हुनेलाई कतारी रियल एक हजार ५ सय एक र दोस्रो हुनेलाई कतारी रियल एक हजार एक नगदमा राखिएको उक्त प्रतियोगिता ओटीएस कम्पनी र दुखान स्पोर्ट्स क्लबले संयुक्त रूपमा आयोजना गरेका थिए ।
खेलको मध्यमबाट व्यक्तिव विकास गने उदेश्यका साथ संचालन गरिएको प्रतियोगिता दोहा, अलखोर, सनैया र दुखानका गरी चौँध टीमले सहभागिता जनाएका थिए । पहिलो समीकरणदेखि सेमीफाइनलसम्मका सबै खेलहरु वेस्ट अफ थ्रीको नियममा खेलाइएको थियो ।
तर फाइनल खेल भने वेस्ट अफ फाईभ अनुसार खेलाईएको थियो । कतारमा हुने हरेक भलिबल खेलमा एक छत्र राज गर्दै आएको बागलुङले यो पटक पनि आफ्नो बिजयी यात्रा कायमै राखेको छ ।
चौँध टिमलाई पछि पार्ने क्रममा सेमिफाइनलमा स्याङ्जा आँधीखोलालाई २५–१०, २५ –१७ को सोझो सेटमा हराउदै फाइनल यात्रा तय गरेको थियो ।
खेल प्रेमी दर्शकले भरिभराउ मैदानमा भएको फाइनल खेल आयोजक टिम दुखान स्पोर्ट्स क्लब र बागलुङ सेवा समाज कतारबीच भएको थियो ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने सोचेको भएपनि बागलुङले कुनै मौका नै नदिई २५–१७ , २५–१७ र २५–२० मा हराउँदै बिजयी हुन सफल भएको थियो । अन्त्यमा बिजेता तथा उपबिजेता टीमलाइ सम्मानका साथ सिल तथा प्रमाणपत्र पत्र प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।














प्रतिक्रिया