१३ कार्तिक २०८३, शुक्रबार

एयरपोर्टका व्यापारीले टेरेनन् मन्त्री अधिकारीको निर्देशन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विज्ञापनका बोर्ड हटाउन पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले दिएको निर्देशन पनि पालना भएको छैन ।

मन्त्री अधिकारीले जेठ ३ गते विमानस्थलको स्थलगत निरीक्षण गरी निर्देशन दिएका थिए । उनले दिएको १२ बुँदे निर्देशनमध्ये ६ नम्बर बुँदामा आगमन कक्षमा रहेको अल्कोहलका विज्ञापन हटाउनु पर्ने उल्लेख छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तर, व्यापारी सुवास श्रेष्ठले एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा राखेको रक्सीको विज्ञापनको बोर्ड अझै हटाइएको छैन ।

विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफेसमेत हटाउनलाई कर्पोरेट महाशाखाले गत वर्ष नै पत्र काटेको थियो ।

यसअघि कर्पोरेट महाशाखाले पनि श्रेष्ठले सञ्चालन गरेको ग्रिनतारा मार्केटिङ प्रालिको नाममा पत्र काटी गैर कानुनी रुपमा राखिएका रक्सीका विज्ञापनका बोर्डहरु हटाउन निर्देशन दिएको थियो ।

२०७४ असार १९ गते काटिएको उक्त पत्रमा ‘त्रि.अ. विमानस्थलको आगमनतर्फ हुँदै बाहिर निस्कने नयाँ बाटो निर्माण गरिने भएकाले उक्त स्थानमा रहेको त्यस प्रालिले राखेको विज्ञापन बोर्डहरु निर्माण कार्यको शिलशिलामा झिक्नु पर्ने भएकाले हाललाई उक्त स्थानमा रहेको बोर्डहरु सिभिल इन्जिनियरिङ महाशाखसँग समन्वय गरी तत्काल हटाउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ’, उल्लेख गरिएको थियो ।

तर, श्रेष्ठले न मन्त्रीको निर्देशन टेरेका छन् न त कर्पोरेट महाशाखले नै कारबाही गर्ने आँट गरेको छ । विमानस्थलमा हुने अवैध गतिविधिमा श्रेष्ठ मुछिदै आएका छन् ।