१३ कार्तिक २०८३, शुक्रबार

नेकपाका प्रभावशाली नेता खनाल देखिएनन् बैठकमा, ओलीले नजर घुमाए

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठताको वरीयता विवाद चर्किएको छ । पार्टी एकीकरणका क्रममा माधव कुमार नेपाललाई पहिलो वरिष्ठताको वरीयतामा राखेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट हुँदै आएका छन् ।

पूर्व एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणपछि बनेको नेकपाको पहिलो वरिष्ठ नेता पाउनुपर्ने बताउँदै आएका छन् । नेपाल समचार पत्र दैनिकले खबर छापेको छ ।

वरिष्ठताको दोस्रो वरीयतामा राखेपछि पूर्वप्रधानमन्त्रीसमेत हरेका खनालले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग असन्तुष्टि जनाउँदै आएका छन् ।

मंगलबार व्यवस्थापिका संसदमा पेश भएको बजेट प्रस्तुत गर्ने क्रममा पनि वरिष्ठ नेता खनाल अनुपस्थित रहेका थिए ।