
– रामकुमार शाही / दैनिक नेपाल
काठमाडौं, १५ जेठ । उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले अदालतले अपराधी करार गरी जेल हालेका बालकृष्ण ढुंगेललाई आम माफी दिँदै जेलमुक्त गराएर सरकारले आफु र आफ्नो परिवारलाई असुरक्षाको घेरामा राखेको बताएकी छन् ।
‘न्यायका लागि यत्रो वर्ष लडियो, अदालतको मानाहानी गर्ने, न्यायाधीशका फिला चिर्छु भन्ने, हाम्रा परिवारको जग्गा कव्जा गर्छु भनी धम्क्याउने अपराधीलाई छाडेर हामीलाई असुरक्षाको घेरामा राखियो’, सावित्रिले दैनिक नेपालसँग भनिन्,‘अब हाम्रो सुरक्षाको जिम्मा कसले लिन्छ ?’
आफ्ना परिवारलाई बारम्बार धम्की आइरहने र सार्वजनिक फोरममार्फत नै बालकृष्ण ढुंगेलका अभिव्यक्तिले खतरामा रहेको देखाइरहँदा राज्यले अन्याय गरेको उनको आरोप छ । उनी थप्छिन्,‘यति लामो संघर्ष गरी न्याय पाइएको अनुभूति भएको थियो । के अब राज्यले हाम्रो सुरक्षाको जिम्मा लिन्छ ?’















प्रतिक्रिया