काठमाडौं, १५ जेठ । डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरूले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ ।
अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतीसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरूविरुद्ध मुद्धा चलाइएन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
मुद्धाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरूमाथि गत वर्षकै मुद्धामा समेत जिल्ला अदालत काठमाडौं अरोपपत्र पेस गर्ने तयारी भएको छ ।
२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौंमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहको उल्लेख छ ।














प्रतिक्रिया