काठमाडौं, १५ जेठ । आन्तरिक शुद्धीकरण आफैबाट सुरु गर्नु पर्छ भन्दै प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले आफू मातहतलाई कानूनको पालना गर्ने क्रममा कसैसँग सम्झौता नगर्न सचेत गराएका छन् ।
शुक्रवार १ नम्बर प्रदेश प्रहरी प्रमुखको कार्यालय रानीमा पदबहाली गर्दै डिआईजी रिजालले परिवर्तनको सुरुआत आफैंबाट हुने भएकोले त्यसका लागि तयार रहन प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
प्रहरी संगठनले लागू गरेका आन्तरिक शुद्धीकरण कार्यक्रमको सफल कार्यान्वयन गरी शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिन पनि उनले निर्देशन दिएका छन् ।
भ्रष्टाचारमा शून्य सहनशीलताको सिद्धान्त पालना, तस्करी नियन्त्रण, प्रहरी सेवालाई छिटोछरितो बनाई चुस्तु दुरुस्त प्रदान गर्न, मानव अधिकारको संरक्षण एवं सम्बद्र्धन गर्न तथा कानुनको अक्षरशः पालना गर्ने कार्यमा कसैसँग पनि सम्झौता नगर्न पनि उनले निर्देशन दिए ।
निर्देशन विपरित हेलचक्राई गरे प्रहरी कर्मचारी कार्वाहीको भागेदार बाट बच्न नसक्ने भन्दै डिआईजी रिजालले प्रदेश प्रहरीलाई चेतावनी दिए ।
डिआइजी रिजालले आफ्नै नैतिक धरातल ठिक नभए प्रहरीले केही गर्न नसक्ने बताउँदै इमानदार र पारदर्शी भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका दिए । ‘प्रहरीकै नैतिक धरातल ठिक नभए केही पनि गर्न सकिँदैन । त्यसैले नैतिकवान, इमानदार र पारदर्शी भएर काम गरौं, यसरी काम गर्ने प्रहरी कर्मचारी पुरुस्कारको भागेदार हो डिआईजी’, रिजालले भने ।
संगठनमा स्वच्छ छवी भएका डिआईजी रिजालको एक नम्बर प्रदेशमा सरुवा भएसँगै माफिया र तस्करको भागदौड मच्चिएको छ भने प्रहरी कर्माचारीको सात्तो उडेको छ ।
डिआईजी रिजालको सरुवा सँगै सुनसरीमा संगठित रुपमा गुण्डागर्दी गर्दै आएका तरुण दलका जिल्ला सभापति सिजन गुरुङ पक्राउ परेका छन् ।
गुरुङ नेपाली कांग्रेसकी नेत्रृ सुजता कोईरालाको आडमा सुनसरीको ईटहरीलाई आधार क्षेत्र बनाएर एक दशक देखि गुण्डागर्दीमा सक्रिय छन् । उनको पक्राउसँगै पूर्व क्षेत्रमा गुण्डागर्दीमा संलग्नको भागभाग दौड मच्चिएको छ ।














प्रतिक्रिया