
मलेसिया, १४ जेठ । बिगत लामो समय देखि साउदी अरबको जेलमा मृत्यु दण्डको सजाय पाएर जेल जीवन बिताइरहेका प्रेम राईलाई बचाउन मलेसियामा बस्ने युवाहरुले आर्थिक संकलन गरि सहयोग गरेका छ्न ।
इलाम जिल्लाको माइ नगरपालिका–४ का प्रेमबहादुर राई अहिले साउदी अरबको जेलमा छन् । पैसा कमाउन भन्दै २०१२ मा साउदी आएका राई २०१६ मार्चमा जेल चलान भएका थिए । काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो ।
कम्पनीले उनलाई यतिकैमा छोडेन । त्यसपछि कम्पनीले आफ्नो सामानको बिगो भरपाइ पाऊँ भनि निवेदन दियो ।
कम्पनीको निवेदन अनुसार प्राइभेट राइट अन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (नेपालको झण्डै ९५ लाख रुपैयाँ ) बुझाउनु पर्ने फैसला गरेको थियो । ।प्रेमको घरमा श्रीमती र नाबालिका छोरी रहेका छन् । घरबार चलाउने मान्छे नै जेलमा परे पछि उनीहरूको बिचल्ली भएको छ । श्रीमानलाई बचाइदिन श्रीमतीले हारगुहार गरिरहेकी छन् । ९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका प्रेमको जीवन रक्षा हुनेछ । यतिबेला साउदीस्थित नेपाली संघसंस्थाहरु प्रेमको जीवन रक्षाका लागि रकमको जोहो गर्न जुटेका छन् ।
राईलाई बचाउन अपुग रकम रोजगारीको सिलसिलामा मलेसियामा बस्ने समाजसेवि युवाहरु मिलेर नेपालको रकम २ लाख ८० हजार ५७८ रुपैयाँ मध्ये बुद्धराज योङहाङ लिम्बूको सक्रियतामा सुरुमा संकलन गरेको १ लाख ७० हजार ५७८ पीडित राईको श्रीमति सरिता राई लाई हस्तान्तरण गरिसकेको र दोस्रो पटक बुद्धराज फत्र लगायतको युवाहरु संगको सहकार्यमा करिब रु.१ लाख १० हजार सहयोग रकम सङकलन गरि प्रेम राई बचाउ अभियानको मुल समितीको बैंक खातामा राखिएको छ ।
प्रेम राई लाई बचाउन मलेसियाबाट आर्थिक सहयोग संकलन गरेर सहयोग गर्ने बुद्धराज योङहाङ लिम्बूले राई बचाउ अभियान बन्द भए लगतै साउदीकै जेलमा रहेका अर्का नेपाली रोल्पा नगरपालिका ९ निवासी दिल बहादुर घर्ती मगरलाई बचाउनको निम्ति सम्भव भए सक्दो आर्थिक सहयोग सङकलन अभियान थाल्ने बताए ।















प्रतिक्रिया