१ कार्तिक २०८३, शनिबार

लमजुङ सेवा समिति हङकङद्वारा विभिन्न रोगका तीन बिरामीलाई सहयोग प्रदान

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बेलिना थापा

लमजुङ, १४ जेठ । रोगले पीडित भएका ग्रामीण भेगका ३ जनाले आर्थिक सहयोग पाएका छन् । उनीहरुलाई लमजुङमा जन्म भई रोजगारको क्रममा हङकङमा रहेका लमजुङेहरुको सहयोग प्राप्त भएको हो ।

जन्मजात नै साइडेरोब्लास्टिक एनिमिया रोगवाट पीडित क्व्होलासोथर गाउँपालिका–२ मालिङका ६ बर्षीया इमेस गुरुङ, दुबै मृर्गाला फेल भएकी क्व्होलासोथर गाउँपालिका–८ कुम्लुङकी ४५ वर्षिया खीमकुमारी गुरुङ र मर्स्याङदी गाउँपालिका–२ घनपोखरा घोप्टेकी देवीमाया गुरुङलाई सहयोग प्रदान गरिएको हो । उनीहरु सबैलाई २ लाख ५१ हजार ४३ रुपैँयाका दरले सहयोग गरिएको छ ।

साइडेरोब्लास्टिक एनिमिया रोगबाट पीडित बनेका इमेसको बोन मेरो ट्रान्सप्लान्टका लागि आइतबार उनका बुवा मिनप्रसाद गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

बुवा मिनप्रसाद गुरुङका अनुसार छोराको बोन मेरो ट्रान्सप्लान्टका लागि विदेशमा उपचारका गर्न जाने तयारी गरिएको छ । उनले भने, ‘डाक्टरका अनुसार विदेशमा उपचार गर्न ४० लाख खर्च लाग्ने भनेका छन्, हाल सम्म भएको रकम पनि उपचारमै खर्च भयो । विभिन्न स्थानवाट रहयोग भैराखेको छ, सहयोगबाट आएको पैसा जम्मा गरि हाल सम्म २० लाख संकलन गरेको छु ।’ बालकको कान्ती अस्पतालमा उपचार भैराखेको छ ।

यस्तै दुबै मृगौला फेल भएकी खीमकुमारी गुरुङकी छोरा प्रेमबहादुर गुरुङ र दुबै मृगौला फेल भएकी देवीमाया गुरुङकी श्रीमान भक्तबहादुर गुरुङलाई सहयोग रकम प्रदान गरिएको हो । दुबै जनाको पोखराको मनिपाल अस्पतालमा उपचार भैरहेको परिवारले जनाएको छ ।

लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका संरक्षक एवं संविधानसभा सदस्य जमिन्द्रमान घले, सम्पर्क समिति लमजुङका सदस्य मिना गुरुङ, मनमाया गुरुङ र मेघेन्द्र पोख्ररेलले आइतबार संयुक्त रुपमा पीडितका परिवारलाई सहयोग प्रदान गरेका ह्न ।
हङकङमा रहेका १ सय १६ जनाले लमजुङेकोे सहयोगमा उक्त रकम संकलन भएको लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घलेले बताए ।

वैदेशिक रोजगारको क्रममा विदेशमा रहेर पनि लमजुङका नागरिकले आफ्नै जन्मभूमिमा सहयोग गर्दै आएका छन् । संस्थाले चालु आर्थिक वर्षिमा मात्रै १८ लाख ७४ हजार २ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको छ । लमजुङ सेवा समिति हङकङमा आवद्ध भएकाहरुले एक वर्षको अवधिमा स्वास्थ्य उपचार लगायत अन्य क्षेत्रमा सहयोग गरेका हुन् ।

एक वर्षको अविधिमा मात्रै १३ लाख २२ हजार ३०३ रुपैयाँ मृगौला पीडितलाई हस्तान्तरण गरेको छ । दोर्दी गाउँपालिकाका २१ बर्षीय सुरेन्द्र गुरुङको उपचारका लागि ६ लाख १३ हजार १७ रुपौया र बेंसीशहर नगरपालिका १ की ४४ बर्षीया थुप्री गुरुङको उपचारका लागि २ लाख ७२ हजार रुपैँया इन्द्रणी कार्यक्रम प्रस्तोता कृष्ण कंडेल मार्फत सहयोग रकम हस्तान्तरण गरिएको जनाएको छ ।

त्यस्तै लमजुङ सेवा समाज हङकङले क्व्होलासोंथर ८ भोजेका नेत्रहीन कन्यामाया गुरुङको मस्तिष्कको शल्यक्रियाका लागि २ लाख १ सय ७०, राइनास नगरपालिकास्थित हर्राबोटमा रहेको सर्वाेदय सेवाआश्रमका बृद्धबृद्धाकोे भरणपोषणका लागि १ लाख ७ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेको छ । लमजुङ सेवा समिति हङकङले जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, भूकम्प पीडितहरुलाई सहयोग गर्दै आएको छ ।