बेल्जियम । लुभेन नगरपालिकामा बसोबास गर्ने नेपाली मुलका गैह्र आवासीय नेपाली सूर्य ढकाललाई बेल्जियमको गौरवमय इतिहास बोकेको प्रजातान्त्रिक समाजवादी पार्टी (स्पा)ले सदस्य पदमा उम्मेदवार बनाएको छ ।
आगामी अक्टोबर १४ तारिकमा हुन गैरहेको चुनावमा ढकाललाई उनको नेपाली समाजमा रहेको राम्रो प्रभाबलाई मध्यनजर गरी उम्मेदवार बनाएको हो ।
१५६ देशका बासिन्दाको बसोबास रहेको नगर विश्वकै शैक्षिक केन्द्र तथा विद्धत बर्गको पर्यटकीय क्षेत्र पनि हो । प्रवाशी मुलका नेपालीहरुको लागि अत्यन्त सकारात्मक र प्रजातान्त्रिक सामाजबादी राजनैतिक आस्थाको हिमायती यो पार्टीलाई जिताउनु सबैको हितमा हुने ढकालले बताए ।















प्रतिक्रिया