१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ मा गठबन्धन फेरबदल हुने, नेकपा सत्तामा जाने

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । संविधान संशोधनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ ।

केन्द्रिय सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ । प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवंम प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।

कान्तिपुर दैनिकले समाचार छापेको छ – फोरमका वरिष्ठ नेता अशोक राईले सत्तारुढ दल नेकपासँग आईतबार बिहान भएको छलफलपछि सरकारमा जाने सम्भावना बढेको बताए ।