
-विजय थापा/कृष्ण केसी
टेक्सस, २७ मे । युनाईटेड नेप्लिज एसोसीएसन् (युएनएन) को तेश्रो सम्मेलनको पहिलो दिन सम्पन्न भएको छ । सम्मेलनमा बिशेष गरि दिन भरि खेलकुद कार्यक्रमको आयोजना गराईएको थियो ।
आज पनि बाँकि रहेका खेलहरु गराइने छन् भने उनीहरुलाई आझ साँझ बिशेष पुरस्कार वितरण तथा बिजेता टोलीको घोषणा गरिने छ । उक्त सम्मेलनको लागि अस्ट्रेलियाबाट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष शेष घले तथा उनकी जीवन संगिनी तथा संघकी निवर्तमान अन्तर्राष्ट्रिय सदस्य जमुना गुरुङ घले समेत आएकी थिइन् । आज हुने संस्कृतिक कार्यक्रमको लागि नेपालबाट आएका लोकप्रिय गायिका अन्जु पन्तको बिशेष प्रस्तुति हुने छ । यसको साथै स्थानीय कलाकारहरुले पनि प्रस्तुति गर्ने छ्न ।
यसको साथै न्युयोर्क बाट गम्बु शेर्पाले पनि नचाउने र माहौल तताउने छन् । यसको साथै अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी जनाउन अतिथिहरु आएका छन् । पहिलो दिन स्थानीय बिभिन्न संघ संस्थाका नेतृत्व तथा व्यक्तित्वले युएनएले युवाहरुलाई समेटेकोमा प्रशंसा गरेका छन् ।
साथै नेपाली नेपालीबीच एकता कायम र युएनए सम्मेलनको लागि शुभ कामना दिए । पहिलो दिनको समापनमा युएनएका अध्यक्ष पासाङ लामाले सबैलाई स्वागत गरेका थिए ।
यसैगरि प्रमुख अतिथिको रुपमा अस्ट्रेलियाबाट आएका भएका एनआरएनए अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष शेष घलेले सन् २०१४ मा एनआरएनको बिशेष उद्धेश्य लिएर आएको बताए । सन् २०१८ यस पटकको सम्मेलनमा युएनए सम्मेलनमा भाग लिन मात्र जीवन संगिनीसँग आएको बताए ।
उनले अगाडी थप्दै यस पटक आनन्द लिई रहेको बताए । र, टेक्सस दोश्रो पटकको भ्रमण रहेको बताउदै युएनएका अध्यक्ष लामालाई बधाई साथै राम्रो काम गरि रहेकोमा बधाई दिए । नेपाली समाज टेक्सस (एनएसटी )का अध्यक्ष सुमन थापा लगायत सम्मेलनका समितिका पदाधिकारीले छोटो मन्तब्य राखेका थिए ।















प्रतिक्रिया