
काठमाडौं, १३ जेठ । सन् २०१४ को भदौमा इबोला प्रभावित मुलुक नाइजेरियाबाट आएका एक युवकमा हेल्थ डेस्कमा रहेको थर्मल इमेजिङ क्यामेराले उच्च तापक्रम देखायो ।
टेम्प्रेचर गन (इन्फ्रारेड थर्मोमिटर) ले पनि ती युवकमा ज्वरो देखायो । हेल्थ डेस्कमा कार्यरत कर्मचारी डराए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
के गर्ने भनेर तत्काल कुनै निर्णय लिन सकेनन् । हेल्थ डेस्कमा ती व्यक्तिलाई राख्ने छुट्टै कोठासमेत थिएन । उनीहरूले ती युवकलाई छुन पनि डराए । पछि क्वारेन्टाइनका लागि शुक्रराज सरुवा रोग अस्पतालसम्म पठाउन प्रहरी बोलाए ।
प्रहरीसँग पनि इबोला लागेको व्यक्तिलाई छुन मिल्ने पञ्जा, मास्कलगायत आधारभूत सुरक्षा कवच (प्रोटेक्टिभ गियर) थिएन । स्वास्थयकर्मी र सुरक्षाकर्मीको गलफत्तीबाट डराएका युवक रुन थाले । स्वास्थ्यकर्मीले पछि अस्पतालमा फोन गरे, तर अस्पतालका कुनै पनि डाक्टरले त्यस्तो केस हेर्न हिम्मत देखाएनन् ।
ती युवक विनाभिसा आएकाले डराएर तापक्रम उच्च देखिएको र केहीबेरपछि तापक्रम आफैँ घट्यो । विनाभिसा आएको भन्दै विमानस्थलले अर्को दिन उनी आएकै विमानमा डिपोर्ट गरेको थियो । युवक त डिपोर्ट भए, तर त्यसले इबोलाजस्तो घातक सरुवा रोग देखिइहाले नियन्त्रण गर्ने सरकारी तयारीलाई राम्ररी उजागर ग-यो ।














प्रतिक्रिया