५ कार्तिक २०८३, बिहिबार

मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । मेगा बैंक नेपाल लिमिटेड र जीएमई रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि जीएमई रेमिटमार्फत नेपालीले स्वदेश तथा विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् ।

जीएमई रेमिटसँगको साझेदारीपछि विशेषगरि दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, मलेसिया, युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । यसैगरी, जीएमई रेमीट मेगा बैंकको सुपर एजेन्ट पनि भएका कारण मेगा रेमीटबाट पठाएको रकम जीएमईका देशभरका ७ हजार भन्दा बढी एजेण्टबाट भुक्तानी लिन सकिने बताइएको छ ।

मेगा बैंकको देशभर ९१ वटा शाखा कार्यालय तथा देशभरि छरिएका १९ सय भन्दा बढी मेगा रेमीट एजेन्ट छन् ।