३ कार्तिक २०८३, मंगलबार

काँग्रेसमा चुलिदै अन्तरविरोध: देउवाविरुद्ध नेविसंघको प्रदर्शन

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ जेठ । नेकपा नेतृत्वको सरकार बजेटको अन्तिम तयारीमा छ । प्रतिनिधि र राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । प्रमुख प्रतिपक्षी काँग्रेस नीति तथा कार्यक्रममा भाग लिदै सरकारको चर्काे आलोचना गरिरहेको छ ।

काँग्रेस सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको सार्वजनिक अभिव्यक्ति यसअघि नै दिइसकेका छन् । सरकारका हरेक कमदको काँग्रेसको विरोध छ ।

तर, काँग्रेसकै भातृसंगठन नेविसंघ भने आफ्नै पार्टी नेतृत्वविरुद्ध उत्रिएको छ । काँग्रेसभित्रको गुटबन्दी फेरि सतहमा आएको छ । शुक्रबार नेविसंघ काठमाडौँ जिल्ला समितिले सभापति देउवाविरुद्ध प्रदर्शन गरेको छ ।

‘बहुमतको डण्डा चलाएर, कांग्रेस कमजोर बनाएर, कसरी पार्टी बलियो बन्ला र सभापति ज्यू गुटभित्र रमाएर ?’ भन्ने प्लेकार्ड बोकेर नेविसंघ देउवाविरुद्ध उत्रिएको हो । प्रदर्शनमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायत सहभागी थिए ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा पार्टी सभापति देउवालाई विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खबरदारी गरिएको छ ।

कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा पनि लगाएका थिए ।