विराटनगर, ११ जेठ । प्रहरीले गारेको बयानका आधारमा नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्लाका कार्यकर्ता रेवत भनिने रेवन्तकुमार आचार्यलाई पक्राउ गरेको छ ।
साढे ३३ किलो सुन तस्करी काण्ड र समन हत्या प्रकणमा संलग्न भएको आरोपमा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो । उर्लाबारीबाट बिहीबार बेलुका आचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
३८ वर्षीय आचार्यलाई उलार्बारीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले जनाएको छ । उर्लाबारीकै बासिन्दा आचार्यको उर्लाबारी चोकमा सुन पसल रहेको छ ।
उनीमाथि सनम शाक्यको हत्याका लागि चुडामणि उप्रेती उर्फ गोरे समूहले प्रयोग गरेको सामान उपलब्ध गराएको आरोप रहेको छ ।
आचार्यले समनको हत्याका लागि प्रयोग भएका तार, ब्याट्रीसहितका सामान उपलब्ध गराएको प्रहरीले जनाएको छ । आचार्यलाई गोरेले अदालतमा दिएको बयानका आधारमा पक्राउ गरिएको हो ।
आचार्यले नै प्रतिनिधि सभा निर्वाचनमा गोरेसँग दुई लाख रुपियाँ लिएर नेकपा (तत्कालीन एमाले)का सांसद घनश्याम खतिवडालाई चुनाव खर्च उपलब्ध गराएका थिए ।















प्रतिक्रिया