१३ कार्तिक २०८३, शुक्रबार

नेकपाको विधान केही समय ‘गोप्य’ राखिने, विधानमा के छ त्यस्तो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेकपाको विधान तत्काल सार्वजनिक नहुने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणका लागि विधानलाई अझ प्रस्ट बनाउन नियमावलीसमेत बनिसकेपछि मात्र विधान सार्वजनिक गरिने केन्द्रीय सचिवालयका एक नेताले जनाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘गैरभौगोलिक कमिटीहरूका सन्दर्भमा नयाँ व्यवस्था गरिएकाले त्यसको प्रत्यक्ष नकारात्मक असर नपरोस् भन्ने हेतुले नियमावली बनिसकेपछि मात्र विधान सार्वजनिक गरिनेछ,’ ती नेताले भने ।

४० बढी विभाग बनाउने तयारी

४४१ सदस्यीय केन्द्रीय कमिटीमा धेरै नेतालाई जिम्मेवारी दिने उद्देश्यले भूगोलका कमिटीमा इन्चार्ज र सहइन्चार्जका अलवा केन्द्रीय विभागसमेत ४० भन्दा बढी बनाउने गरी नियमावली निर्माणको तयारी भएको छ । नियमावली बनाउनका लागि महासचिव नेतृत्वको कार्यदलको मंगलबारको बैठकले दुई सदस्यीय उपसमिति बनाएको थियो ।

त्यसअनुसार नेताद्वय बेदुराम भुसाल र खिमलाल देवकोटालाई ११ जेठभित्र नियमावलीको प्रारम्भिक मस्यौदा बनाउने गरी जिम्मेवारी तोकिएको छ । तत्कालीन एमालेका ३१ तथा माओवादी केन्द्रका पनि हाराहारी केन्द्रीय विभाग छन् ।

यसबाहेक केन्द्रीय सदस्यहरूलाई काम दिने गरी विभिन्न फाँट र क्षेत्रको संख्या पनि बढाउने तयारीसँगै धेरैजसो विभागमा केन्द्रीय सदस्यहरूलाई नै विभागीय सचिव बनाउन सकिने गरी छलफल हुने स्रोतले जनायो ।