१३ कार्तिक २०८३, शुक्रबार

विभिन्न विभागमा कार्यरत १६ सहसचिवको सरुवा, १२ को पदस्थापन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । सरकारले विभिन्न मन्त्रालय, प्रदेश तथा विभागमा कार्यरत १६ सहसचिवको सरुवा तथा १२ सहसचिवको पदस्थापना गरेको छ ।

सरुवा तथा पदस्थापना भएका सहसचिवमध्ये अधिकांशलाई स्थानीय तह तथा प्रदेश तहमा पठाइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

स्थानीय तहमा १८ सहसचिवमध्ये १५ जनाको दरबन्दी रिक्त रहँदै आएको थियो । अझै केही स्थानीय तहमा सहसचिवको दरबन्दी पूर्ति हुन बाँकी छ ।

सरकारले केही समयअघि यातायात व्यवस्था विभागमा रहेर काम गर्दै आएका सहसचिव रूपनारायण भट्टराईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उनी केही समयअघि मन्त्रीको आदेशमा मन्त्रालय तानिएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारी प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालय, शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालय, सहसचिव चक्रपाणि पाण्डे दाङ घोराही उपमहानगरपालिकाको कार्यालयमा खटाइएको छ ।

ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामान्य विकास मन्त्रालय पठाइएको छ भने पुष्पराज शाहीलाई हेटौंडा उपमहानगरपालिकाको कार्यालय, उमेश ढुंगानालाई जनकपुर उपमहानगरपालिकाको कार्यालय, हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भीष्मकुमार भुसाललाई वीरगन्ज महानगरपालिका पर्सा पठाइएको हो ।

यसैगरी, सुमन घिमिरे धरान उपमहानगरपालिका, तोयनारायण सुवेदी नेपालगन्ज उपमहानगरपालिका, शिवकुमार कार्की सिमरा उपमहानगरपालिका कार्यालय तथा छविलाल रिजाल इटहरी उपमहानगरपालिकाको कार्यालयमा सरुवा भए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दिनेश भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीयका सनत केसी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आनन्दराम केसीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वृत्त आयोग, राष्ट्रिय योजना आयोगका तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालय सरुवा भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी जानकी वल्लभ लोक सेवा आयोग, संघीय मामिला अतिरिक्त समूहका भूपाल बराल सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

संघीय मामिला अतिरिक्त समूहकी नीता पोखरेल अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सरुवा गरिएको छ भने शिवराम न्यौपानेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योगका शंकर अर्याललाई संघीय मामिलाको अतिरिक्त समूहमा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णालीका विद्यानाथ झालाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशमा पठाइएको छ ।

संघीयका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन तथा वातावरण मन्त्रालयका धीरेन्द्रकुमार प्रधान उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेत, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी आभा श्रेष्ठलाई संघीय मामिलाको अतिरिक्त समूह, सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका वासुदेव शर्मालाई सोही प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरुवा गरिएको छ ।

गत ३ फागुनमा तत्कालीन नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको वर्तमान सरकारले यसअघि ३० जना सचिवको पहिलोपटक एकैचोटि ठूलो मात्रामा सरुवा गरेको थियो । नयाँ सरकार गठनपछि सहसचिवको ठूलो संख्याको सरुवा गरिएको हो ।