१३ कार्तिक २०८३, शुक्रबार

यी तीन नेपालीको कोरियामा मृत्यु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडा, ११ जेठ । दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो । थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो ।

मगलबारै सोलुखुम्बु मुक्लीका नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।