दोहा । स्याङजा जिल्लाको उतरी भेगमा रहेको श्री जनप्रदिप उच्च माध्यमिक विद्यालयले यही पुस १२ देखि १५ गतेसम्म स्वर्णजयन्ती भव्यता साथ मनायो । उक्त स्वर्ण जयन्तीमा विविध साँस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा स्थापना कालदेखि सक्रिय भूमिका खेल्ने धनबहादुर गुरुङ र गोविन्दप्रसाद पौडेललाई सम्मान गर्यो । यही अवसरमा उक्त विद्यालयका भूपू विद्यार्थीहरुको अथक प्रयासमा ‘भूपू अक्षयकोष’ समेत स्थापना भयो ।
उक्त विद्यालयमा अध्ययन गरेर विश्वका विभिन्न देशमा अध्ययन र कामको सिलसिलामा गएका भूपू विद्यार्थीले उक्त अक्षय कोषमा केही रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुशार अहिलेसम्म कोषमा करिब १० लाख रुपैयाँ संकलन भएको छ । उक्त विद्यालयका भूपू बिध्यार्थी तथा कतारका लागि अक्षय कोष आर्थिक संकलन संयोजक अम्बिका पौडेल तथा बेलायतमा कार्यरत इन्द्रबहादुर क्षत्रीको अवधारणामा अक्षयकोषको स्थापना भएको सापकोटाले जानकारी दिनुभयो ।
अक्षय कोषको स्थापनामा कतार तथा नेपालमा रहनु भएका भूपू विद्यार्थीहरुको प्रमुख भूमिका रहेको बुझिएको छ । कतारका लागि अक्षय कोष आर्थिक संकलन संयोजक अम्बिका पौडेल सुरुमा १० लाख रुपैयाँको अक्षयकोष खडा गरिएको भएपनि पछि रकम बढाउदै लैजाने र यसलाई पछि २ करोडसम्म पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
‘अक्षयकोषको धनराशी बढ्दै जाँदा त्यसबाट आम्दानी हुने रकमबाट विद्यार्थीले पाउने सहयोगको रकम पनि बढाउँदै लैजाने तयारी छ,’ पौड्यालले भन्नुभयो ।
तत्तकाललाई उक्त विद्यालयमा अध्यनरत २० जना गरिब ,दलित, निमुखा र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरुलाई निशुल्क कम्प्युटर शिक्षा अध्यानको व्यवस्था गरिने उहाँको भनाई छ ।
विद्यालयको अक्षयकोषको स्थापनामा पाँच हजार एक रुपैयाँ भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पत्र तथा सिलालेखमा नाम लेखिने व्यवस्था गरिएको छ ।














प्रतिक्रिया