२९ आश्विन २०८३, बिहिबार

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आयोगका ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rightकाठमाडौँ, १७ पुस । विगत केही दिनयता बजारमा एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको अभाव भइरहेको सम्बन्धमा राष्ट्रिय मानव  अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार आयोगले एक विज्ञप्ति जारी गरी उपभोक्ताको मानव अधिकार संरक्षण तथा सम्वद्र्धनका लागि अनुगमन मार्गनिर्देशिका, २०६८’ मा पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत) को पैठारी ढुवानी, भण्डारण तथा बिक्री–वितरणसम्बन्धी सेवालाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको स्मरण गराएको छ ।

‘सोको नियमित र यथेष्ट आपूर्तिका लागि प्रभावकारी कदम चाल्न आयोग सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पदार्थको अभावले व्यक्तिको आवत–जावतको अधिकार तथा दैनिक जीवनयापन प्रक्रियामा समेत गम्भीर असर पर्ने भन्दै आयोगले पेट्रोलिय पदार्थको आपूर्तिलाई सहज बनाउन सरोकारवालसँग माग गरेको छ ।

‘बिक्रेता तथा डिलरहरूको नियमित अनुगमन गरी कसैले कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउन र यस्ता अत्यावश्यकीय वस्तुहरूको सहज आपूर्तिको व्यवस्था अविलम्ब मिलाउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउदछ,’ विज्ञप्तिमा भनिएको छ ।