काठमाडौं, १० जेठ । गृहले तयार परेको मस्यौदा पास भए सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुख डिआइजी रहनेछन् ।
काठमाडौंस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालय पनि डिआइजीकै कमान्डमा रहनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यस्तै प्रहरीको कार्य विभाग र मानव स्रोत विभागमा पनि डिआइजी नै प्रमुख रहनेछन् । यसअघि सातवटै प्रदेश, कार्य विभाग, मानव स्रोत र आयुक्त कार्यालयमा प्रमुखका रूपमा एआइजीको दरबन्दी थियो ।












प्रतिक्रिया