८ कार्तिक २०८३, आइतबार

कमल थापा असली राजावादी नभएको लावती समुहको आरोप, उनको विरोधमा पुत्ला दहन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

काठमाडौं, १७ पुस । राप्रपा नेपालको रथयात्रा राजधानी आउने क्रममा उक्त पार्टीको असन्तुष्ट समुहले राजधानीमा कमल थापाको बिहीबार पुत्ला दहन गरेको छ ।

राप्रपा नेपाल सुदृढीकरण अभियानका नामा उनीहरुले रथयात्राको विरोध गर्दै थापाको पुत्ला दहन गरेका हुन् । थापाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रमा संझौता गरेको भन्दै लावती समुहले अध्यक्ष थापालाई बिहान थानकोटमा कालो झण्डा समेत देखाएका थिए ।

रथयात्रा प्रवेश गर्ने समयमा उनीहरुले हिन्दू राष्ट्र जिन्दावाद, भ्रष्ट कमल थापा मुर्दावाद, राप्रपा नेपाल जिन्दावाद भनेर नाराबाजीसमेत गरेका थिए ।2

विरोध प्रदर्शनको क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रल्हाद साहले २४ सभासद चयन गर्दा थापाले करौंडो भ्रष्टाचार गरेको आरोप लगाउनु भयो ।  ‘कमल थापाले हिन्दू राष्ट्रको नाममा व्यापार गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘थापा असली राजावादी होइनन्, हिन्दू राष्ट्रवादी पनि होइनन् उनी केवल अवसरवादी मात्र हुन् जो कुरा रथयात्राको क्रममा सार्वजनिक गरिएको संकल्प प्रस्तावबाट पनि पुष्टी हुन्छ ।’

3

रथयात्राको बेला जारी संकल्प प्रस्तावमा थापाले संवैधानिक राजतन्त्र उल्लेखै नगरेर पुरानो अवसरवादी मुसा प्रवृति प्रदर्शन गरेको उहाँको आरोप थियो । ‘अब जनता, कार्यकर्ता नक्कली राजतन्त्रवादी र नक्कली हिन्दू राष्ट्रवादीको पछि लाग्दैनन्,’ उहाँले आरोप लगाउनुभयो ।

सम्बोधन कै क्रममा साहले पार्टीको मूलभूत सिद्धान्तमा संझौता गरेर थापा सरकारमा जान तमतयार रहेको समेत आरोप लगाउनुभयो । ‘भ्रष्ट कमल थापालाई तह लगाउन जनता जागेर सामाजिक बहिष्कार गर्नुपर्दछ,’ साहले भन्नुभयो ।