१ कार्तिक २०८३, शनिबार

बेल्जियममा बाम एकताको स्वागत

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-डिल्ली राम अम्माई

बेल्जियम । बेल्जियममा एमाले र माओवादी सम्बद्ध संगठनहरु एकीकरणको आन्तरिक गृहकार्यमा जुटदै गर्दा प्रवासी नेपाली संघ र जन प्रगतिशील मञ्चको संयुक्त आयोजनामा द्विप प्रजवलन र बार बिक्युको आयोजना सहित गत आइतबार बेल्जियममा दुइ ठूला बामपन्थी पार्टी एकताको भब्य स्वागत गरेको हो ।

प्रवासी मञ्चका अध्यक्ष बोधराज पौडेल तथा जन प्रगतिशील मञ्चका अध्यक्ष जित लामाले एक छोटो औपचारिक कार्यक्रम मार्फत एकताको समर्थनमा मन्तव्य दिदै भूपु अध्यक्ष सहित सबै कार्यकर्ता र शुभचिन्तकहरुसँग खुसी साटेका थिए ।

कार्यक्रममा बोल्दै दुवै संगठनका प्रमुख तथा भूपू अध्यक्षहरुले एमाले र माओवादी पार्टी एकीकरण एक ऐतिहासिक कार्य भएको र मुलुकको राजनैतिक स्थायीत्व सहित समृद्धिको लागि एउटा महत्वपूर्ण छलाङ हुने बताएका थिए ।

स्थानीय लुभेन क्षेत्रमा भएको कार्यक्रममा दुवै संगठनका नेता, समर्थक तथा शुभेच्छुकहरुको ठूलो उपस्थितिमा बिबिक्यु तथा मनोरञ्जन गरी उक्त स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जन सम्पर्क समिति बेल्जियम, संघीय समाजबादी, चितवन क्याट, पत्रकार महासंघ, मोना, तमु समाज, तमु धिं लगायत धेरै संघ सँस्थाका नेतृत्व लगायत शुभचिन्तकहरुको समेत आतिथ्यता रहेको थियो । उनीहरुले बाम एकता स्वागतयोग्य कदम भएको भन्दै आयोजकलाई शुभकामना दिएका थिए ।