
अछाम, ८ जेठ । कैलाश शैक्षिक ज्ञान महायज्ञ तथा कालागाउ धार्मिक महामहोत्सव २०७५ मा १ करोड ७२ लाख १० हजार ७५ रुपैँया दान संकलन भएको छ ।
संस्थागत र ब्यक्तिगत गरि सो रकम संकलन भएको हो । प्रदेश सरकार, मंगलसेन नगरपालिका, रामारोशन गाउपालिका, विभिन्न वडाको संस्थागत तर्फ १ करोड २९ लाख ५० हजार दान भएको हो भने ब्यक्तिगत रुपमा ४२ लाख ६० हजार ४ सय ७५ दान भएको छ । महायज्ञमा शेर बहादुर भण्डारीले सबैभन्दा बढी २ लाख ५१ हजार ब्यक्तिगत दान गरेका छन् ।
साथै लाल बहादुर डारीले १ लाख ५१ हजार, कटक सोडारीले १ लाख २१ हजार र भरत डारीले १ लाख ११ हजार १ सय १ ब्यक्तिगत दान गरे । महामहोत्सवमा साढे ३० रोपनी जग्गा क्याम्पसका नाममा दान भएको छ । जसमा बल बहादुर सोडारी, शिब सोडारी, कालु सोडारी, ईश्वर भण्डारी, प्रकाश भण्डारी, अशोक भण्डारी, प्रेम कुवर, नानकला सोडारी, अमृता सोडारि, सिता सोडारि, रामारोशन १ मलातिकोटका दान बहादर साउद, खगेन्द्र सोडारी, धनी सोडारीले जग्गा गरे ।
महायज्ञमा कलश र सहयोग रकमको आर्थिक जोड्न बाकी रहेको कैलाश क्याम्पसका संञ्चालक समिती अध्यक्ष चक्र बहादु रावलले बताए । महायज्ञमा रामारोशन गाउँपालिका र विभिन्न वडा तथा व्यक्तिग हिसाबबाट महत्वपूर्ण योगदान आएको कैलाश क्याम्पसका पूर्व क्याम्पस प्रमुख भरत सोडारीले बताए ।
महायज्ञको प्रदेश नम्बर ७ सदस्य बल बहादुर सोडारीले समापन गरे । बैशाख ३१ गतेबाट सुरु भएको महामहोत्सवमा ईश्वरप्रेमि चैतन्य जि महाराजले कथाबाचन गरेका थिए ।















प्रतिक्रिया